Yeti Khabar

२०८१ चैत्र २८, बिहीबार - Thu Apr, 2025 - १८ : १५ : २७

टिकटक बन्द गर्न सप्तरीका युवाहरूको माग

१५ भदौ, सप्तरी । सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन् । समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा बुधबार टिकटक एप बन्द गर्नका लागि प्रदर्शन गरे ।

विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज ज्ञापनपत्र बुझाएको सङ्घर्ष समिति अभियानका जिल्ला संयोजक सच्चिदानन्द यादवले जानकारी दिए ।

प्रदर्शनमा उत्रेका युवाहरूले ‘टिकटक बन्द गर’, ‘टिकटकमा अश्लीलता भिडियो बनाउनेलाई कारबाही गर’, ‘टिकटक भगाऊँ आफ्नो संस्कृति बचाऊँ’, ‘टिकटक बन्द सङ्घर्ष समिति जिन्दावाद’लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए ।

समाजमा अश्लीलताको सीमा नाघ्दै सामाजिक सञ्जालको व्यापक दुरुपयोग भइरहेको युवाहरूको आरोप छ । नेपालमा टिकटकमा सामाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढ्न थालेपछि टिकटक बन्द सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको हो ।

यसअघि धनुषाको जनकपुरधाम र सिरहामा टिकटक बन्द गर्नुपर्ने माग राख्दै युवाहरुले प्रदर्शन गरेका थिए ।
टिकटक प्लेटफर्ममा अश्लीलताबाहेक अन्य केही नदेखिएको भन्दै यसले समाजमा विकृति फैलाएको ठहर गर्दै यसलाई निषेध गर्न अपिल गरिएको छ ।

छिमेकी मुलुक भारतमा समेत टिकटकले गर्दा शैक्षिकस्तर खस्किन थालेपछि तथा झन विकृति फैलिन थालेपछि भारत सरकारले टिकटक बन्द गरेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com