अब देखि इन्जिनियर बन्नको लागि लाइसेन्स अनिवार्य
भदौ, १६काठमाडौं । अब इन्जिनियर बन्नको लागि लाइसेन्स लिनुपर्ने भएको छ । नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) ऐन, २०७९ले यस्तो व्यवस्था गरेको हो ।
इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ।
ऐन अनुसार चिकित्सक, नर्स, वकिल, शिक्षकजस्तै अब इन्जिनियरहरुले लाइसेन्स परीक्षा उतीर्ण गरेपछि मात्रै नेपाल इन्जिनियरिङ परिषदबाट लाइसेन्स पाउनेछन् ।
इन्जिनियरिङ व्यवसाय गर्नको लागि आवश्यक योग्यता निर्धारण गर्ने र योग्यता पुगेका इन्जिनियरको नाम दर्ता गर्ने प्रयोजनको लागि लिइने परीक्षाको पाठ्यक्रम तयार गर्ने, परीक्षा लिने र उत्तीर्ण भएका व्यक्तिलाई नाम दर्ता प्रमाणपत्र प्रदान गरिनेछ ।