काठमाडौँमा गौरा पर्वको रौनक
भदौ,१८ काठमाडौं । गौरा पर्व हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ। विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व आज दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो।
गौरा पर्वमा सुदूरपश्चिममा कुनै किसिमको विभेद तथा छुवाछूत माने पाप लाग्ने धार्मिक विश्वास छ। गौरामा पर्वमा महिलाहरूले मागल गाउने गर्छन्। मागल गायन एक किसिमको धार्मिक लोकगाथा र भगवानको आराधना हो।