Yeti Khabar

२०८१ चैत्र २७, बुधबार - Wed Apr, 2025 - १३ : २७ : १७

आउने निर्वाचनको नतिजापछि एमालेको सरकार बन्छ: ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।

सुनसरीको दुहबी नगरपालिकामा आज एमाले क्षेत्र नं ३ ले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो पार्टीले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गरे।

एक वर्षमा सरकारले विकास निर्माणका आयोजनाहरू कटौती गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका आधारमा सबैलाई बराबरी हक, बराबरी सुरक्षा, बराबरी अवसर, बराबरी सम्मानका आधारमा राष्ट्रिय एकता कायम गरेर एकता प्रबद्ध प्रयासद्वारा नेपाललाई विश्वको नमूना राष्ट्रिय बनाउन सकिने विश्वास व्यक्त गरे।

फरक प्रसङ्गमा अध्यक्ष ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताले नहार्ने बताए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com