मुलपानीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु
भदौ,१८ काठमाडौं । टीकापुर नगरपालिका– २ जनशक्ति सामुदायिक वनस्थित मुलपानीमा नुहाउने क्रममा एक जनाको मृत्यु छ। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार ज्यान जानेमा जानकी गाउँपालिका–८ पहाडीपुरका दण्डप्रसाद उपाध्यायका २० वर्षका छोरा पुष्पराज उपाध्याय रहेका छन्।
प्रहरीका अनुसार चाररपाँच साथीहरुसँग नुहाउन गएका उपाध्याय चार बजेतिर नुहाउने क्रममा पानीमा डुबेर बेहोश भएका थिए। उनलाई साथीहरुले नै उपचारका लागि टीकापुर अस्पताल पुर्याएका थिए। साढे चार बजे टीकापुर अस्पताल पुर्याएका उपाध्यायलाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ।