आज हल्कादेखि सामान्य वर्षाको सम्भावना
भदौ,२० काठमाडौं । आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एक/दुई ठाउँ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
मौसमविद्का अनुसार आज खासै ठूलो पानी पर्ने सम्भावना छैन । तर, मेघगर्जन र चट्याङ पर्ने भएकाले सावधानी अपनाउन उहाँको आग्रह रहेको छ ।
अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ ।