Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

प्रचण्डको दाबी : कांग्रेस ८० को वरिपरि आउने सम्भावना छ

काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले ८० सिट वरिपरिको संख्यामा सहमतिमा आउने विश्वास व्यक्त गरेका छन् । उनले कांग्रेस सयबाट ८० मा आउने सम्भावना बढ्दो रहेको पनि बताए ।
मंगलबार धनगढी विमानस्थलमा अध्यक्ष प्रचण्डले गठबन्धनमा रहेका दलहरुका दावी आआफ्नै भएपनि सहमतिको विकल्प नभएको बताए ।

‘नेपाली कांग्रेसले चर्चा चलिरहेको र उहाँहरुले सुरुमा १०० भन्नुभएको थियो । तपाईहरुले पनि सुन्नुभएकै होला’, प्रचण्डले भने, ‘तर पछि ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले पनि ६० भनेका छौ, ६० बाट केही तलमाथि होला तर त्यसैको वरिपरि हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

त्यसैगरी नेकपा एकीकृत समाजवादी र नेसपाले पनि २५ सिटको वरिपरि गरेको स्थिति भएकाले त्यसैलाई आधार बनाएर सवै पार्टीका प्रतिनिधिहरु बसेर क्षेत्र र प्रदेशसम्म हेरेर टुंग्याउने प्रयासमा रहेको बताए । ‘मिलेको जति मिलाउने मिल्न बाँकी रहेको शीर्ष तहमा बसेर टुंग्याउने भनेर लागिएको छ’, प्रचण्डको भनाइ छ । रातो पाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com