Yeti Khabar

२०८१ चैत्र २७, बुधबार - Wed Apr, 2025 - १० : २३ : ०८

दार्चुलामा बाढी पहिरोमा परि ११ जना बेपत्ता खोजी कार्य जारी

भदौ,२५ काठमाडौं । दार्चुलामा बाढी र पहिरोमा परि ११ जना बेपत्ता भएका छन् ।
नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा आएको बाढीमा परि पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दले बताउनु भयो ।

नौगाड गाउँपालिकाका जानकी ठगुन्ना, धनुली ठगुन्ना, मोहनराम पार्की, महाकाली नगरपालिका वडा नम्बर एककी मानमती कार्की र महाकाली नगरपालिका वडा नम्बर २ का नन्दराम बोहराको मृत्यु भएको हो ।

नन्दरामको बाढीमा परि मृत्यु भएको हो भने बाँकी चार जनाको पहिरोका कारण मृत्यु भएको हो। बाढीमा परि बेपत्ता ११ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । १० जना गम्भीर घाइते भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com