Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

चिनियाँ भीआइपीको विरोध गर्ने आशंकामा एकजना पक्राउ

भदौ,२८ काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष लि चान्सुको भ्रमणको अवधिमा विरोध जनाउन सक्ने आशंकामा प्रहरीले एकजना पक्राउ गरेको छ । शान्तिनगर स्थित नगेन्द्रकान्छा चोकबाट बारा घर भएका विनय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रिय एकता अभियानका अध्यक्ष रहेका यादवले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु सँगको भेटघाट पारदर्शी बनाउन माग गरेका थिए । लि आउनुअघि नै विज्ञप्ती जारी गरेर भेट पारदर्शी नभएर विरोध गर्ने चेतावनी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर थुनामा राखेको छ ।

उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थपेर प्रहरी वृत बानेश्वरको हिरासतमा राखिएको एकजना प्रहरी अधिकृतले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com