ओलीले सांसदहरूलाई बिदाइ गर्दै भने- भोलिदेखि संसद रहँदैन, चुनाव जिताउन हामी गाउँगाउँ जानुपर्छ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलिदेखि संसद नरहने भन्दै आफ्ना सांसदलाई गाउँ गाउँ जान निर्देशन दिएका छन्।
एमाले संसदीय दलको बैठकमा शुक्रबार पार्टीबाट निर्वाचित सांसदलाई बिदाइ गर्दै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा परिणाम आउनेगरी खटिन गाउँ गाउँ जान निर्देशन दिएका हुन्।
‘भोलिदेखि संसद रहँदैन। हामी सबैले आफ्ना उम्मेदवार जिताउन गाउँ गाउँ जानुपर्छ’, ओलीले सांसदलाई निर्देशन दिँदै भने, ‘भोलिदेखिनै हामी निर्वाचन क्षेत्रमा जानुपर्छ। आफ्ना उम्मेदवारलाई जिताउन लाग्नूपर्छ।’सेतोपाटी बाट