साइकलको ठक्करबाट १० वर्षे बालिकाको मृत्यु
भदौ,३१ काठमाडौं । राजदेवी नगरपालिका–५ हजमिनिया पताहीमा साइकलको ठक्करबाट एक जना १० वर्षे बालिकाको मृत्यु भएको छ । सोही नगरपालिका–४ गढैया बस्ने १० वर्षीय सन्तोष साहले चलाएको साइकलको ठक्करबाट सोही नगरपालिका–६ मासटोल बस्ने अञ्जली कुमारी रामको मृत्यु भएको प्रहरीले बताउको छ ।
बुधबार बिहान साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको एएलएस न्यूरो अस्पताल पर्वानीपुर बारामा उपचारको क्रममा हिजो मृत्यु भएको हो ।