नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण
भदौ,३१ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ।
हिजो थापालाई उच्च ज्वरो आएको थियो।
गगन थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको छ।
‘ज्वरो आएको छ, उहाँ घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयका एक सदस्यले भने।
आज भने ज्वरो केही कम भएको छ।