गैरीगाउँमा एक युवाको शव फेला

असोज,२ काठमाडौं । काठमाडौंको गैरीगाउँमा एक युवाको शव फेला परेको छ।
आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरी गाउँमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
करिब ३० वर्षीय पुरूषको शव सडकमुनि फेला परेको छ।
शव फेला परेपछि घटनास्थलमा परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोली खटिएको थियो।
केनाइन स्कुलबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको एसपी मैनालीले बताए।
मृतकको टाउकोमा चोट लागेको छ।