सिन्धुपाल्चोकको हेलम्बुबाट शिक्षक उद्धार

असोज,२ काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुबाट एक जना शिक्षकलाई उद्धार गरिएको छ।
हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित खोलामा हिजो चिप्लेर बेपत्ता भएका केशव सिवाकोटीको उद्धार गरिएको हो।
उनी दोलखाको कालिञ्चोक ३ का हुन्।
हिजोदेखि हराइरहेका उनलाई आज नेपाली सेना र नेपाल प्रहरीले उद्धार गरेका छन्। उनलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
उनी खोलाको खोचमा अड्केको अवस्थामा फेला परेका थिए।