करेन्ट लागेर दुई जनाको मृत्यु
बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
गुलरिया नगरपालिका वडा नं. ९ की ९ वर्षीया खुस्बु धोवी र बारबर्दिया नगरपालिका वडा नं. ८ दूधाका ३३ वर्षीय शनिराम थारुको करेन्ट लागेर मृत्यु भएको हो।
धोवीलाई घरमै करेन्ट लागेको थियो। उनलाई फलामको ढोकाबाट करेन्ट प्रवाह भई करेन्ट लागेको थियो।
त्यस्तै थारुलाई मन्दिर निर्माण गर्ने क्रममा करेन्ट लागेको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहराका अनुसार उनीहरू दुबै जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा हिजो बेलुकी मृत्यु भएको थियो। बर्दियामै करेन्ट लागेर एक जना बालिका पनि घाइते भएको डिएसपी बोहराले जानकारी भयो ।