Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

जापनिज इन्सेफ्लाइटिसका बिरामी बढ्न थाले

असोज,३ काठमाडौं । चितवनमा जापनिज इन्सेफ्लाइटिसका बिरामी बढ्न थालेका छन् । अहिलेसम्म सङ्क्रमण पुष्टि भएका १० जनामध्ये दुई जनाको ज्यान गएको छ ।

पछिल्लो पटक ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईँका अनुसार योसँगै चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण दुई जनाले ज्यान गुमाएका छन् । यसअघि माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धाको ज्यान गएको थियो । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापनिज इन्सेफ्लाइटिसको बिरामी देखिँदै गर्दा तीन सय बिरामी लुकेको अवस्थामा हुन सक्ने जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com