महिला फुटबल टोलीको प्रशिक्षकबाट कुमार थापाले दिए राजीनामा
नेपाल महिला फुटबल टोलीको प्रशिक्षकबाट कुमार थापाले राजीनामा दिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल बगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।
यो हारसँगै थापाले टिमको मुख्य प्रशिक्षक पदमा नबस्ने बताए । उनले आफूले बाचा गरे अनुसार नतिजा नआउँदा राजीनामा दिएको बताएका छन ।