सुनसरीमा सिटी सफारीको ठक्करबाट एक जनाको मृत्यु

असोज,५ काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–९ फूलबारी टोलमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–५ का ८२ वर्षीय उमाकान्त भण्डारी रहेका छन् ।
हिजो बेलुका साढे ५ बजे भित्री सडकखण्डमा प्रदेश १ ०२ ००३ ह ३०४१ नम्बरको सिटी सफारीले बृद्धलाई ठक्कर दिएको थियो । घाइते उनको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।