काठमाडौंको कपनमा भीषण आगलागी

असोज,५ काठमाडौं । काठमाडौंको कपनमा भीषण आगलागी भएको छ । कपन गुम्बाभन्दा तल आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।
आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । आगो कसरी शुरु भयो भन्नेबारे यकिन गर्न नसकिएको घटनास्थलमा खटिएका सुरक्षा अधिकृतले जानकारी दिनुभयो ।