गैंडाको खागसहित काठमाडौंबाट दुई जना पक्राउ

असोज,९ काठमाडौं । गैंडाको खागसहित काठमाडौंको गोंगबु बसपार्क क्षेत्रबाट दुई जना पक्राउ परेका छन्।
प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी अंगुर जिसीको कमाण्डमा खटिएको टोलीले खागसहित आज बिहान ११ बजे दुई जनालाई पक्राउ गरेको हो।
टोखा नगरपालिका–९ बसपार्कस्थित न्यू रुकुमेली गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरुमा एक जना महिला र एक जना पुरुष छन्।