मन्दिरभित्र पसेको भन्दै दलितमाथि कुटपिट वडा अध्यक्ष पक्राउ

असोज,१३ काठमाडौं । बाजुरामा दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एक जना वडा अध्यक्ष पक्राउ परेका छन्।
त्रिवेणी नगरपालिका-७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ परेका छन्।
उनीमाथि बाजुराकै बुढीगंगा नगरपालिका घर र हाल कञ्चनपुर बस्दै आएका टीकाराम सुनारलाई कुटपिट गरेको र गर्न लगाएको आरोप छ।
हिजो त्रिवेणी-७ को नाटेश्वरी मन्दिरमा नवरात्रीको पूजा गर्न प्रवेश गरेको भन्दै टीकाराममाथि अध्यक्षको संलग्नतामा कुटपिट भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।