घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्कोमा च्यापिएर एक जनाको मृत्यु
असोज,१३ काठमाडौं । माटोको ढिस्कोमा पुरिएर कैलालीमा एक जनाको मृत्यु भएको छ।
हिजो साँझ गौरीगंगा नगरपालिका–४ राजीपुरकी ५२ वर्षीय जयकला खत्रीको मृत्यु भएको हो।
उनी घरनजिकैको सामुदायिक विद्यालयमा घर पोत्नका लागि आवश्यक पर्ने माटो खन्ने क्रममा ढिस्कोमा च्यापिएपछि मृत्यु भएको प्रहरीले बताएको छ ।