राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण
असोज,२३ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत भण्डारीलाई कोरोना पोजेटिभ भएको अस्पतालले बताएको छ ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक दिनेशकुमार काफ्लेले राष्ट्रपति भण्डारीलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेको छ । केही दिन अस्पतालमै आराम गर्न हामीले सुझाएका छौं, भने।
निरन्तर ज्वरो, टाउको दुख्ने र वान्ता आउने समस्या आएपछि राष्ट्रपति भण्डारी शुक्रबार शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।