एकैदिन ८८ हजारभन्दा बढीले लगाए कोभिड विरूद्धको खोप
मंगलबार एकैदिन देशभरबाट ८८ हजार छ सय ६६ ले कोभिड विरूद्धको खोप लगाएका छन्।
पछिल्लो २४ घन्टामा देशभर ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४४ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
५७९ जनाको पिसिआर र १६४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५७५ जना सक्रिय संक्रमित छन्।
२९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।
यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८७ हजार तीन सय ५३ पुगेको छ। सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ ।
हालसम्म ७६ जिल्लामा डेंगी फैलिसकेको मन्त्रालयले जनाएको छ। साउनयता ३३ हजार नौ सय ७५ सम्भावित डेंगी संक्रमित भेटिएको र यो रोगका कारण हालसम्म ४४ को मृत्यु भइसकेको छ।रासस