अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु
असोज,२७ काठमाडौं । अरिङ्गालले टोकाइबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ । हिजो साँझ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ पारिबजार बस्ने ६२ वर्षीय कृष्णबहादुर स्याङतानको अरिङ्गालको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।
उनको उपचारको क्रममा बकुलहर अस्पतालमा हिजो राति मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन । स्याङतानलाई सोही वडाको कापडाडास्थित जंगलमा गोरु चराउने क्रममा अचानक कालो अरिङ्गालले टोकेको र उपचारको लागी भीमफेदी स्वास्थ चौकीमा ल्याएको थियो ।