Yeti Khabar

२०८१ मंसिर ८, शनिबार - Sat Nov, 2024 -

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु

३० असोज, काठमाडौं । रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन । उनीहरु आतंककारी भएको पनि मन्त्रालयले जनाएको छ ।

‘युक्रेनविरुद्धको सैन्य अभियानमा स्वेच्छिक रुपमा भाग लिने इच्छा व्यक्त गर्ने व्यक्तिहरुलाई हतियार चलाउने तालिम दिने क्रममा आतंककारीहरुले साना हतियारले गोली चलाए,’ रुसको रक्षा मन्त्रालयले भनेको छ ।

आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ । उनीहरु तालिम केन्द्रमा कसरी प्रवेश गर्न सफल भए भन्ने खुलेको छैन ।
गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिले सैन्य सेवा गरेका ३ लाख रुसी नागरिकलाई युक्रेनविरुद्धको लडाइँमा प्रयोग गर्न आदेश दिएका थिए । यो आदेशको विरोधमा रुसभर विरोध प्रदर्शन भएको थियो भने धेरैले देश छाडेका थिए ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com