Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

मलामी बोकेको बस दुर्घटना हुदा २८जना घाइते

कार्तिक,२ काठमाडौं । मलामी बोकेर झापाको कुञ्जिबारी जाँदै गरेको बस शिवसताक्षीमा आज दिउँसो दुर्घटनामा परेको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीको वडा नम्बर ९ झरना पुल नजिक भएको दुर्घटनामा २८ जना घाइते भएका छन्।

त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ।

कनकाई नदीको मुक्तिघाटमा शवको दाहसंस्कार सकेर मलामी लिएर फर्किँदै गरेको ना ७ ख २६५१ नम्बरको बस दुर्घटनामा परेको थियो।
राजमार्ग दक्षिण किनारको रुखमा गएर बस ठोकिएको प्रहरीले बताएको छ । सोही दिशाबाट आउँदै गरेको अर्को बसलाई जोगाउन खोज्दा मलामी बोकेको बस राजमार्ग दक्षिण रुखमा ठोकिएको स्थानीयबासीले बताएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com