शेरबहादुर देउवा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटघाट
कार्तिक,१५ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटघाट भएको छ ।
आसन्न मङसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावलाई लक्षित गरी भेटघाट भएको हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले बाताएको छ । ‘प्रधानमन्त्री ज्यू र उहाँ (विश्वकर्मा) बीच मात्रै भेटघाट भयो । चुनावलाई शान्तिपूर्ण रुपमा पुरा गर्नुपर्छ भन्ने विषयमा छलफल भएको हुनसक्छ’ उक्त स्रोतले भन्यो ।