आगो ताप्ने क्रममा पोलेर ९ वर्षीय बालकको मृत्यु
कार्तिक, २४ काठमाडौं । तनहुँमा आगो ताप्ने क्रममा पोलेर एक जना ९ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं. ७ अर्चलेका ९ वर्षीय सुभाष थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले बताउनु भयो ।
२१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा शरिरको बिभिन्न भागमा पोली घाइते भएका उनलाई घरपरिवारले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगेका थिए ।
पोखरामा उपचारका क्रममा गएराति बालकको मृत्यु भएको खड्काले जानकारी दिए ।