Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

विश्वको दोस्रो ठूलो क्रिप्टो लेनदेन कम्पनी टाट पल्टियो

क्रिप्टोकरेन्सी एक्सचेन्ज(लेनदेन) कम्पनी एफटी एक्सले अमेरिकामा टाट पल्टिएको निवेदन दायर गरेको छ । कम्पनीले अदालतसँग सुरक्षा माग्दै आफूले ग्राहकहरूको पैसा फिर्ता गर्ने उपाय खोजिरहेको बताएको छ । यो घोषणासँगै एफटी एक्सका प्रमुख कार्यकारी अधिकृत स्याम बैंक म्यान–फ्राइडले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । ३० वर्षीय स्यामले आफूले कम्पनीको स्थितिको कारण राजीनामा दिएका हुन् ।

एक हप्ताको अन्तरमा एफटी एक्सको साम्राज्यको पतन भएप्छि केही समयदेखि संकटमा गुज्रिरहेको क्रिप्टो बजारको विश्वास धर्मराएको छ । यसअघि ‘किङ्ग अफ क्रिप्टो (क्रिप्टोको राजा)’ पनि भनिने स्यामले ट्वीटरमा लेखेका छन्– ‘अहिलेको स्थितिको लागि म फेरि एकपटक माफी चाहन्छु । आशा छ परिस्थिति राम्रो हुँदै जानेछ । आशा छ कि हामीले प्रक्रियामा पारदर्शिता र विश्वास ल्याउन सक्छौं । जस्तो अवस्था आयो त्यसमा म पनि आश्चर्यचकित छु ।’

कम्पनीको पतन हुनुअघि, स्याम क्रिप्टो बजारका हस्ती मानिन्थे । १५ अर्ब डलर नजिकको सम्पति पुगेका स्यामको तुलना दिग्गज लगानीकर्ता वारेन बफेटसँग हुन थालेको थियो । एफटीएक्स लगायत स्यामको स्वामित्वमा रहेका अन्य व्यवसायमा वित्तीय समस्या आएको हल्लापछि एक्कैपटक ठूलो संख्यामा ग्राहकहरूले एफटी एक्सबाट पैसा निकाल्न प्रयास गर्दा यस्तो स्थिति आएको बताइन्छ ।

डिजिटल टोकनहरू किनबेचमा प्रयोग हुने एफटी एक्सको नगदको संकट उत्पन्नलाई समाधान गर्न स्यामले प्रयास गरे पनि त्यो सफल हुनसकेन । यसका कारण लाखौं ग्राहकहरूको पैसा एफटीएक्समा फसेको छ, जुन उनीहरू अहिले निकाल्न सकिरहेका छैनन् ।

टाट पल्टिएको आवेदन दिएपछि, कम्पनीले अदालतको निगरानीमा काम गर्नेछ र त्यस अन्तरालमा कम्पनीले उसका ऋण पुनर्संरचना गर्न सक्छ । -बीबीसीबाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com