आगलागीमा परी २५ वर्षीया युवतीको मृत्यु
कार्तिक,३० काठमाडौं । आगलागीमा परी आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको मृत्यु भएको हो। पौने ९ बजे उनी मृत भेटिएको डिएसपी पाण्डेले जानकारी दिए । मृतक अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिस रोगकी बिरामी थिइन्।
यस्तै हरिशरणकी १४ वर्षीया छोरी नित्मा केसीको उद्धार गरी कोरियन अस्पताल लगिएको थियो। उनको डिस्चार्ज पनि भइसकेको प्रहरीले बताएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा पौने ९ बजे आगो नियन्त्रणमा आएको हो।