बाजुरामा विवाद हुँदा ३ स्थलमा मतदान स्थगित
मंसिर,४ काठमाडौं । बाजुरामा विवाद हुँदा ३ स्थलमा मतदान स्थगित भएको छ।
बुढीगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र, बुढीनन्दा नगरपालिका वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित गरिएको छ।
विभिन्न राजनीतिक दलहरूले विवाद गरेपछि ती मतदान केहीबेरका लागि रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नयाव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।