सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता
मंसिर,१५ काठमाडौं । मतगणना अन्तिमतिर आइपुग्दा सुनसरी क्षेत्र नम्बर ४ मा पुनः नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बनाएका छन्।
सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार बहालवाला सञ्चारमन्त्रीसमेत रहेका कार्कीले ३० हजार १७० मत पाउँदा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १ सय ३९ मत ल्याएका छन्।
मन्त्री कार्की ३१ मतले अघि बढेका हुन्।