घरको चार तलामाथिबाट खस्दा एक जनाको मृत्यु
मंसिर,१६काठमाडौं । घरको चार तलामाथिबाट खस्दा भक्तपुरमा एक जनाको मृत्यु भएको छ।
हिजो साँझ मध्यपुरठिमी नगरपालिका(६ मिलरोडस्थित एक घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए ।
उक्त घर भुवन श्रेष्ठको हो। उनका १७ वर्षीय छोरा भूमिनलाल खसेर गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि नागरिक अस्पताल ठिमी लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको राति नै मृत्यु भएको हो।