कपिलवस्तुमा झारफुकको बहाना गरी जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
मंसिर,२८ काठमाडौं । झारफुकको बहाना गरी जवरजस्ती करणी गरेको आरोपमा एक जना युवक कपिलवस्तुमा पक्राउ परेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनलाई प्रहरीले पक्राउ गरेको हो ।
हरिजनले यहि मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुक गर्ने निहुँमा जवरजस्ती करणी गरी फरार भएका थिए । पीडित युवतीको जाहेरीपछि हरिजनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले बताएको छ। विरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठीक हुने भन्दै जवरजस्तीकरणी गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।