नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार

पुष,१ काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ।
उनी उपचारका लागि चीनमा छन्। स्वास्थ्यमा सुधार आएकोले उनी अब एक सातापछि नेपाल फर्कने उनको सचिवालयले बताएको छ ।
वर्षमान केही समयदेखि वंशाणुगत जण्डिसबाट पीडित छन्। चुनावी धपेडीका कारण जण्डिस फेरि बल्झिएपछि उनी गत मंसिर १६ गते फलोअप उपचारका लागि चीन गएका थिए।
उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ। वर्षमानको स्वास्थ्यमा सुधार भइरहेको पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले जानकारी दिइन्।
वर्षमानको शरिरमा हाल जण्डिसको मात्रा २० बिन्दुमा झरेको छ। उपचारमा जाँदा बिलरुबिनको मात्रा २७ थियो।