Yeti Khabar

२०८१ चैत्र २३, शनिबार - Sat Apr, 2025 -

माल्दिभ्समा आगलागी, ७० भन्दा बढी घाइते

माल्दिभ्सको औद्योगिक टापुको गुलिफाल्हुको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा ७० जनाभन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘माल्दिभ्सको नेसनल डिफेन्स फोर्स (एमएनडीएफ)’ लाई आगलागीबारे जानकारी गराइएको र अग्निनियन्त्रकलाई तत्काल घटनास्थलमा पठाइएको स्थानीय सञ्चारमाध्यमले प्रहरी प्रवक्तालाई उद्धृत गर्दै समाचारमा जनाएका छन् ।

प्रहरीका अनुसार ७६ जना घाइते भएका छन् भने छ जना गम्भीर घाइते भएका छन् । आगलागीको कारण खुल्न नसकेको बताइएकोे छ । घटनाको अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी जनाएका छन् ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com