नेकपा माओवादी केन्द्रले बिहीबार मात्र संसदीय दलको नेता चुन्ने
पुस, ६ काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ। सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता चुन्न लागेको हो ।
माओवादी केन्द्रका सांसद रणेन्द्र बराईलीका अनुसार शपथ लगत्तै दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ।
दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित छ ।
माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकबाट १४ गरी ३२ सांसद छन्।