प्रेम आले र माया राईले पद तथा गोपनीयताको लिए शपथ
पुष,१९ काठमाडौं । प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। आले र राईले प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरासँग शपथ लिएका छन्।
गत पुस ७ गते आले पारिवारिक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिनको शपथ ग्रहण समारोहमा भाग लिएका थिएनन्।