सनराइज बैंक र लक्ष्मी बैंकबीच मर्जरको लागि सम्झौता
पुष,२६काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता भएको छ।
लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यससँगै मर्जर प्रक्रिया अगाडि बढाउन एक संयुक्त मर्जर समितिको गठन समेत गरिएको छ।
संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरू डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरू शारदा शर्मा र दिपक नेपाल रहेका छन्।