कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त
पुष,२७ काठमाडौं । कर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त भएका छन् । आज प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
शर्मालाई २५ सांसदको समर्थन रहेको छ । उनलाई माओवादीका १३, एमालेका १०, राप्रपाका १, समाजवादीको १ गरी २५ सांसदको समर्थन रहेको छ । यो सँगै शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री भएका छन् ।