मन्त्रालयको भागवण्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै
पुष,२८ काठमाडौं । मन्त्रालयको भागवण्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत लिए पछि बोलाईएको यो बैठकमा सत्तासाझेदार दलहरु विच मन्त्रालयको बाँडफाँड लगायतका विषयमा छलफल हुने जनाएको छ । । पुस १० गते एमाले सहित ७ दल र केही स्वतन्त्र सांसद सहित १६९ जनाको समर्थनबाट प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६गते विश्वासको मत भने प्रमुख प्रतिपक्ष नेपाली काग्रेस सहित १० दल र स्वतन्त्र सांसद सहित २६८ जनाबाट प्राप्त गरेका थिए।