प्रदेश १ मा ३ मन्त्रीले लिए सपथ

पुष,२९ काठमाडौं । प्रदेश १ को मन्त्रीमण्डलमा नयाँ ३ जना मन्त्रीले आज सपथ लिएका छन्। प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थप ३ मन्त्रीलाई नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीमा नेकपा माओवादीका जीवन आचार्य, दुर्गा चापागाईं र नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीले प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङबाठ पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए। नवनियुक्त ३ जना मन्त्रीहरुलाई अहिले कुनै जिम्मेवादी दिई विना विभागीय मन्त्रीको हैसियत नियुक्त भएका छन्।
मुख्यमन्त्री कार्कीले पुस २५ गते आफूसँगै ३ जनालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्रीसहित प्रदेशमा ७ जनाको मन्त्री मण्डल बनेको छ। माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाई र मोरङका जीवन आचार्य मन्त्री भएका छन्। आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ज्वार्इं हुन्।