जनता समाजवादी पार्टी दलको बैठक बस्दै
माघ,४ काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक आज पनि बस्दैछ। बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्नेछ।
हिजोपनि जसपाको संसदीय दलको बैठक बसेको थियो। जसपाले सत्तारुढ दलहरुले आफूलाई सन्तुलित र न्यायोजित मन्त्रालय नदिएको भन्दै सरकारमा नजाने निर्णय गरेको थियो। बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ।