२३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
माघ,५ काठमाडौं । मोरङमा २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-७ बर्गाची बस्ने २६ वर्षीय दिलीप जोगी र सोही ठाउँ बस्ने ५० वर्षीय खगेन्द्र तामाङ रहेका छन् ।
ती युवतीलाई गत पुस ३० गते दिलीपले र माघ १ गते खगेन्द्रले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ।