Yeti Khabar

२०८१ मंसिर १८, मंगलवार - Tue Dec, 2024 -

सुस्मिता केसी हत्या प्रकरण स् ससुरासहित चार जनालाई जन्मकैदको सजाय

माघ ६ काठमाडौ । हेटोंडा उपमहानगरपालिका–४ स्थित घरमा सुस्मिता केसीको आफ्नै परिवारको सदस्यबाट हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ससुरासहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला अदालत मकवानपुरको शुक्रबार बसेको इजलाशले २४ वर्षीया सुस्मिता केसीको हत्यामा संलग्न भएको ठहर गर्दै ससुरा, नन्द र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो ।

न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले केसीको परिवारको सदस्यबाटै हत्या गरेको ठहर गर्दै उनको ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैदको सजाय तोकेको हो । सञ्जेलको इजलासले केसीकी सासूलाई भने हत्याको मतियार ठहर गरी १० वर्ष कैदको सजाय तोकेको छ ।

२०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित घरमा केसीको हत्या गरिएको थियो । केसीको ससुरा प्रकाशले भान्सा कोठामा खाना खाइरहेकी केसीको टाउकोमा पछाडिबाट काठले हिर्काए घाइते बनाएको र ज्यान बचाउन गुहार माग्दा कान्छी नन्द सीताले मसला पिन्ने लोहोरोले टाउकोमा हिर्काएर हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

घटना भएको भोलि पल्ट मात्र हत्या गरिएको अवस्थामा केसीको शव फेला परेको थियो । केसीको हत्यापछि ससुरा प्रकाश, नन्द सीता, सासुले आत्महत्या देखाउने प्रयास गरेको प्रहरीको अनुसन्धानमा देखिएको थियो । प्रहरीका अनुसार उक्त घटनामा केसीकी जेठी नन्द दुर्गा र ज्वाइँ अरुणको संलग्नता देखिएको थियो ।

केसीको २०७६ वैशाख १८ गते प्रकाशका छोरा रुपेन्द्र थापासँग विवाह भएको थियो । विवाह गरेको छ महिनामा नै रुपेन्द्रको मृत्यु भएपछि बिमा बापतको रकमका लागि केसीको हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । कपिलवस्तु वाणगंगा नगरपालिका माइती भएकी केसीको पति गत २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । रातोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com