जलेर गम्भीर घाइते भएकी संगीताको उपचारका क्रममा मृत्यु

माघ,१६काठमाडौं । पोखरामा जलेर गम्भीर घाइते भएकी संगीता सापकोटाको उपचारका क्रममा आज मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१३ काहुँखोलामा हिजो बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयवासीले अस्पताल लगेका थिए । सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज ज्यान गएको प्रहरीले बताएको छ ।