बलात्कारको आरोप लागेका ग्रीनउडलाई सफाई
इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउडमाथि लागेको बलात्कार र आक्रमणको आरोपमा सफाई पाएका छन्।
ग्रेटर म्यानचेस्टर प्रहरीले ग्रीनउडविरुद्ध लागेका सबै आरोपहरू खारेज भएको घोषणा गरेसँगै उनले सफाई पाएको बिबिसीले जनाएको छ।
प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोपमा २१ वर्षे ग्रीनउड गत वर्षको जनवरीमा पक्राउ परेका थिए ।
प्रेमिका रोब्सनले इस्टाग्रामको स्टोरीमा ग्रीनउडले आक्रमण गरेको भन्दै तस्बीरहरु सार्वजनिक गरेकी थिइन्। रगत बगिरहेको र शरीरमा निलडाम भएको रोब्सनको तस्बीरहरु भाइरल बनेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
तर, पीडित पक्षले मुद्दा फिर्ता लिएपछि ग्रीनउडविरुद्ध लागेको सबै आरोप खारेज भएको अदालतले जनाएको छ।
अदालतबाट सफाई पाएपछि ग्रीनवुडले एक विज्ञप्ति जारी गर्दै आफू माथि लागेका सबै आरोप सकिएकाले राहत पाएको बताएका छन्। उनले आफूलाई सहयोग गर्ने परिवार, प्रियजन र साथीलाई धन्यवादसमेत दिएका छन्।
विवादमा परेसँगै युनाईटेडले उनलाई निलम्बन गरेको थियो। अदालतबाट सफाई पाएसँगै उनलाई क्लबले पुन टोलीले राख्ने तयारी गरेको छ।एजेन्सी