दुर्घटनामा परेका घनश्याम भुसाल अस्पताल भर्ना
माघ,२० काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन्।
आज दिउँसो भुसालले चलाएको गाडी बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार भुसालको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। अहिले उनको अवस्था सामान्य रहेको सिभिल अस्पतालले बताएको छ ।