उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु
माघ, २७ काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
हिजो दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो ।
बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । सरकारबाट बाहिरिएको रास्वपाले पनि सरकारलाई समर्थन जारी राखेको छ ।